• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    ५ दिनमा २४ हजार बढेको सुनको भाउ फेरि लगातार घट्न थाल्यो

    • lumbinisanjal
    • २०८३ श्रावण २८, बिहीबार १२:०३
    221
    SHARES
    ५ दिनमा २४ हजार बढेको सुनको भाउ फेरि लगातार घट्न थाल्यो

    बुटवल । सुनको भाउ आज पनि घटेको छ। चाँदीको मूल्य भने बढेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    गत साता पाँच दिनमा २४ हजार २ सय रुपैयाँ बढेको सुनको भाउ हिजो पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ७ सय कायम भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य भने थोरै बढेको छ। तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



    lumbinisanjal   
  • २०८३ श्रावण २८, बिहीबार १२:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP