• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    पानी पार्ने प्रणाली पश्चिमतिर, पूर्वतर्फ मौसम सुधारोन्मुख: मौसम विभाग

    • lumbinisanjal
    • २०८३ श्रावण २१, बिहीबार ०९:१९
    195
    SHARES
    पानी पार्ने प्रणाली पश्चिमतिर, पूर्वतर्फ मौसम सुधारोन्मुख: मौसम विभाग

    बुटवल । पानी पार्ने प्रणाली देशको पश्चिमतर्फ सरिरहेको र पूर्वतर्फ मौसम सुधारोन्मुख देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    मौसम विभागले आज (बिहीबार) बिहान ६:५० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो १२ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा पानी परेको छ। साथै अन्य प्रदेशका पनि धेरै ठाउँमा पानी परेको छ।

    गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भारी तथा थोरै ठाउँमा धेरै भारी वर्षा भएको छ।

    विभागले अगाडि भनेको छ, ‘गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अझै वर्षा भइरहेको तथा उक्त प्रणाली पश्चिमतर्फ सरिरहेकाले गण्डकी र लुम्बिनी का साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप वर्षा हुने सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ। पूर्वी भूभागमा भने हालका लागि मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २१, बिहीबार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP