• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

    • lumbinisanjal
    • २०८३ श्रावण २०, बुधबार ०८:४३
    260
    SHARES
    पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

    बुटवल । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

    सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन भरतपुर जनाएको छ ।

    पहिरो हटाउन सडक डिभिजनको उपकरण कार्यस्थलमा परिचालन गरिसकिएको र अवरुद्ध सडक खुलाउन तीव्र रूपमा काम भइरहेको जनाइएको छ । डिभिजनका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

    सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।



    lumbinisanjal   
  • २०८३ श्रावण २०, बुधबार ०८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP