• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    धनुषामा आज पनि कर्फ्यु

    • lumbinisanjal
    • २०८३ श्रावण १५, शुक्रबार ०९:३१
    520
    SHARES
    धनुषामा आज पनि कर्फ्यु

    बुटवल । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश आज पनि कायम रहेको जनाएको छ।

    शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म भने स्थानीय प्रशासनले अत्यावश्यक सामग्री खरिद गर्नको लागि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिएको थियो।

    बिहान नाैबजेदेखि फेरि कर्फ्यु आदेश निरन्तर हरने स्थानीय प्रशासनले जनाएको छ।

    कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन्।

    त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने पनि स्थानीय प्रशासनले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण १५, शुक्रबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP