• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    विश्वकप फुटबलकाे बाछिटो पारिवारिक विवाद सम्म : पोर्चुगलले हारे टाइम ट्राभल्सका भास्करले ५ टिकट फ्री गर्ने !

    • lumbinisanjal
    • २०८३ असार ९, मंगलवार २०:२८
    858
    SHARES
    विश्वकप फुटबलकाे बाछिटो पारिवारिक विवाद सम्म : पोर्चुगलले हारे टाइम ट्राभल्सका भास्करले ५ टिकट फ्री गर्ने !

    बुटवल ,९ असार ।  यतिबेला विश्वकप फुटबलकाे ज्वरो घर घरमा चलिरहेको छ। आफ्नो टीमकाे सपोर्टकोे लागी कसैले जर्सी लगाएका छन् भने कसैले आफू विरुद्धकाे टिमलाई खिसिटिउरी सम्म गर्न भ्याएका छन् । यसै बीचमा एउटा पारिवारिक खेलकुद विवाद सतहमा आएकाे छ। गत बर्ष फ्रान्सका समर्थक टाइम ट्राभल्सका संचालक आफैंमा लामो समय देखी यातायात क्षेत्रमा सक्रिय र उत्तिकै इमान्दारी पूर्वक लागेका बिष्णु पाण्डे भास्करले आजकाे बहुप्रतिक्षित खेल पोर्तुगल र उज्बेकस्थानमा पोर्चुगलले हारे टाइम ट्राभलमा ५ वटा टिकट फ्री गर्ने घोषणा गरेका छ्न ।

    यो घोषणा उनले आफ्ना पोर्तुगलका कट्टर समर्थक सैनामैना प्रेस क्लवका अध्यक्ष दीपक न्यौपाने प्रती लक्षित गरेर गरेका हुन । पोर्चुगलका कट्टर समर्थक न्यौपाने आफैंमा फूटबल बुझे देखी पोर्तुगलकाे समर्थनमा छन।

    एक अर्काको दोषारोपण गरेर आफ्नो टिमकाे समर्थकलाई जिताउन गरिने हर्कत आफैंमा राम्रो नभए पनि पोर्तुगलले जित्ने दाबी न्यौपानेले गरे। सस्तो प्रचारका लागी पाण्डेले नबोलेको र उनले आफ्ना विरोधीलाइ चिढाउन भए पनि टाइम ट्राभलकाे ७ वटा टिकट फ्री गर्ने घोषणा गरेका छ्न ।

    यसले पनि फुटबल संस्कार र विश्वकपकाे ज्वरो गाउँ देखि गल्ली सम्म : यातायात देखी सञ्चार क्षेत्रसम्म परेको प्रष्ट हुन्छ ।



    lumbinisanjal   
  • २०८३ असार ९, मंगलवार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP