• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रास्वपा लुम्बिनी : सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३१, आईतवार ०८:०७
    754
    SHARES
    रास्वपा लुम्बिनी : सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा

    बुटवल ,३१ जेठ । रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा  सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ ।

    सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा धेरै मत ल्याउने शालिकराम घिमिरे र दोस्रो धेरै मत ल्याउने गोपाल घिमिरेबीच पुन: मतदान गरिने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए ।

    सभापति पदका लागि ६ जना विच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले १ सय ९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९  मत प्राप्त गरेका थिए ।

    गए राति सम्पन्न मतदानमा ५ सय ५२ मत खसेको थियो । सभापतिका उम्मेदवारमध्ये धेरै मत ल्याउनेले ५१ प्रतिशत मत नल्याए उनका निकटतम प्रतिस्पर्धीबीच पुन: मतदान हुने रास्वपाको निर्वाचन विधानमा उल्लेख छ ।

    शालिकराम घिमिरे रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुंदै उपसभापति बनेका थिए ।

    गोपाल घिमिरे गत फागुन २१ को चुनावमा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । तर सुलभ खरेलले टिकट पाएका थिए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३१, आईतवार ०८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP