• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    करेन्ट चाउचाउको एक ब्याचमा मात्रै समस्या, अन्य सबै उत्पादन सुरक्षित : यशोदा फुड्स

    • lumbinisanjal
    • २०८३ जेष्ठ २५, सोमबार १५:३५
    78
    SHARES
    करेन्ट चाउचाउको एक ब्याचमा मात्रै समस्या, अन्य सबै उत्पादन सुरक्षित : यशोदा फुड्स

    बुटवल , २५ जेठ । यशोदा फुड्स प्रालिले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाबारे स्पष्ट पार्दै करेन्ट हट एण्ड स्पाईसी चाउचाउका अन्य ब्याचका उत्पादनहरू सुरक्षित रहेको जनाएको छ।

    कम्पनीले एक सूचना जारी गर्दै उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको करेन्ट हट एण्ड स्पाईसी १०० ग्राम चाउचाउबाहेक अन्य मिति र फरक ब्याच नम्बरमा उत्पादन भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने जनाएको हो।

    कम्पनीले उक्त ब्याचबाहेकका उत्पादनहरू गुणस्तरीय र सुरक्षित रहेको उल्लेख गर्दै आम उपभोक्ता, विक्रेता तथा अधिकृत विक्रेताहरूलाई ढुक्क भएर खरिद, बिक्री तथा उपभोग गर्न अनुरोध गरेको छ।

    यशोदा फुड्स प्रालि, मधवलिया–रुपन्देहीले जारी गरेको सूचनामा उपभोक्तालाई भ्रममा नपरी आधिकारिक जानकारीका आधारमा मात्रै निष्कर्षमा पुग्न आग्रह गरिएको छ।

    हेर्नुहोस बिज्ञप्ती : 



    lumbinisanjal   
  • २०८३ जेष्ठ २५, सोमबार १५:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP