• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    युवाको एकता र समाजसेवा : फुलबारी गाइजद्वारा ८० पिन्ट रक्त संकलन

    • lumbinisanjal
    • २०८३ जेष्ठ ८, शुक्रबार १६:४४
    1.1K
    SHARES
    युवाको एकता र समाजसेवा : फुलबारी गाइजद्वारा ८० पिन्ट रक्त संकलन

    बुटवल ,८ जेठ । “युवा एकता समाजको समृद्धिता” भन्ने मूल नारासहित २०६६ सालमा स्थापना भएको फुलबारी गाइज बुटवल, रुपन्देहीले मानवताको सुन्दर उदाहरण प्रस्तुत गर्दै आफ्नो १०औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बिहानदेखि नै युवाहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो । मानवीय सेवाको भावनाले ओतप्रोत कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । रक्तदानका लागि जुटेका युवाहरूले “रगतको अभावमा कुनै जीवन नरोकिने” सन्देश प्रवाह गरेका थिए ।

    कार्यक्रम संयोजक थमन पुनले रक्तदान केवल कार्यक्रम नभई जीवन बचाउने पवित्र अभियान भएको बताए । उनले युवाहरू सामाजिक उत्तरदायित्वप्रति अझ सचेत र एकजुट हुनुपर्ने उल्लेख गर्दै मानवताको सेवामै समाजको वास्तविक समृद्धि लुकेको धारणा राखे ।
    क्लबका संरक्षक एवं प्रमुख अतिथि यम प्रसाद गलामीले युवाहरूको सामाजिक सक्रियता प्रेरणादायी रहेको बताए । उनले रक्तदानजस्तो पुण्य कार्यले धेरै बिरामीका परिवारमा आशा जगाउने भन्दै यस्ता अभियानले समाजलाई सकारात्मक दिशा दिने उल्लेख गरे ।
    क्लबका अध्यक्ष तेजु राना मगरले स्थापनाकालदेखि नै फुलबारी गाइजले समाजसेवा, सहकार्य र मानवीय अभियानलाई प्राथमिकतामा राख्दै आएको बताए । “युवाको एकता र सेवाभावले नै सभ्य र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उनले भने ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, वरिष्ठ सल्लाहकार हसन्त लामा, वडा अध्यक्ष सुनिल शाक्य, जनप्रतिनिधि अशोक राई तथा समाजसेवी सागर पुन लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले युवाहरूको यस्तो सेवामूलक अभियानले समाजमा सकारात्मक ऊर्जा र मानवीय चेतना थप्ने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रमको समापनमा क्लबका उपाध्यक्ष सरोज थापा मगरले रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाजसेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ८, शुक्रबार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP