• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ट्रम्पकै पार्टीका सिनेटरको विद्रोह, इरान युद्ध रोक्ने प्रस्ताव पारित

    • lumbinisanjal
    • २०८३ जेष्ठ ६, बुधबार १२:४४
    923
    SHARES
    ट्रम्पकै पार्टीका सिनेटरको विद्रोह, इरान युद्ध रोक्ने प्रस्ताव पारित

    अमेरिका , ०६ जेठ । अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित भएको छ ।

    मतदानमा ट्रम्पकै रिपब्लिकन पार्टीका चार सांसदले विपक्षी डेमोक्रेटिक पार्टीको प्रस्तावलाई समर्थन गरेपछि ट्रम्पको सैन्य शक्ति कटौतीको प्रस्ताव पारित भएको हो । यसैगरी तीन रिपब्लिकन सांसद मतदानमा भाग लिएका थिएनन् ।

    यो प्रस्ताव ५०–४७ मतले पारित भएको हो । यद्यपि, यसले कानुनी रूप लिन अझै केही चरण पार गर्नुपर्नेछ । यदि यो प्रस्ताव कानुन बनेमा ट्रम्पले इरानविरुद्धको युद्ध जारी राख्न कंग्रेसको स्वीकृति लिनुपर्नेछ ।

    अझै सिनेटमा अन्तिम मतदान हुन बाँकी छ । यसपछि रिपब्लिकन पार्टीको बहुमत रहेको रिप्रिजेन्टेटिभ्समाबाट स्वीकृति लिनुपर्नेछ ।

    यद्यपि, यसपछि पनि ट्रम्पले यसका विरुद्ध भिटो शक्ति प्रयोग गर्न सक्छन् । फेरि त्यो भिटोलाई रद्द गर्नका लागि सिनेट र हाउस दुवैमा दुईतिहाइ बहुमतले पारित हुनुपर्नेछ । जुन निकै कठिन छ ।

    यो भोट विपक्षीका लागि ठूलो जितका रूपमा हेरिएको छ । किनकि, विपक्षी डेमोक्रेट पार्टीले युद्ध सुरु गर्ने या सेना पठाउने अधिकारी राष्ट्रपतिसँग मात्रै नभएर संसदबाट पास हुनुपर्ने बताउँदै आएको थियो । अमेरिकी संविधानमा पनि यही व्यवस्था छ ।

    यो प्रस्तावलाई भर्जिनियाका डेमोक्रेट सिनेटर टिम केनले ल्याएका हुन् । बहसका क्रममा उनले ट्रम्पले युद्धविरामबारे पनि अमेरिकी संसदलाई आफ्नो रणनीति स्पष्ट पार्नुपर्ने बताए । सिनेटर टिम केनले युद्ध सुरु गर्ने अधिकार संसदसँग भएको भन्दै राष्ट्रपति एक्लैले युद्ध सुरु गर्न नसक्ने बताए ।

    ह्वाइट हाउसले भने अमेरिकी सुरक्षाका लागि आफ्नो अधिकार प्रयोग गरेर इरानमाथि हमला गरेको तर्क गर्दै आएको छ ।

    अमेरिकी कानुनअनुसार कुनै पनि राष्ट्रपतिले संसदको मन्जुरीबिना ६० दिनसम्म मात्रै युद्ध जारी राख्न सक्छन् । यसपछि युद्ध समाप्त गर्नुपर्छ या कंग्रेसको स्वीकृति लिनुपर्छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ६, बुधबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP