• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८३ जेष्ठ १, शुक्रबार १५:३९
    377
    SHARES
    प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बुटवल ,१ जेठ । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।

    मृतकको पहिचान भने अझै खुल्न बाँकी छ । दुर्घटनाका परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १, शुक्रबार १५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP