• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा बजाजको ग्राण्ड एक्सचेन्ज मेला

    • lumbinisanjal
    • २०८३ बैशाख १३, आईतवार १४:५७
    442
    SHARES
    बुटवलमा बजाजको ग्राण्ड एक्सचेन्ज मेला

    बुटवल, १३ वैशाख । बजाज कम्पनीले बुटवलमा सोमबारदेखी वृहत एक्सचेन्ज मेला चलाउने भएको छ । श्री भैरव अटोमोबाईल्स प्रालिले कालिकानगरमा नया वर्ष अफरका रुपमा बैशाख १४–१८ गतेसम्म एक्सचेन्ज मेला संचालन गर्न लागेको हो ।

    ‘पुरानो बाईक ल्याउने, नया लैजानुस’ भन्ने नारासहित मेलामा उत्कृष्ट मुल्याकन, नगदमा छुट, फ्रि हेलमेट र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने प्रालिका प्रबन्ध निर्देशक बद्रि खड्काले बताए । नागरिकताको भरमा बाईक लैजान पाउने ब्यवस्था रहेको उनले बताए ।

    बजाजको अहिले आउने २०२६ का नया सवारीहरु फ्युल ईन्जेक्सन सिस्टम (एफआई) प्रविधिसहितको रहेको उनले बताए । यो माईलेज धेरै दिने हुदा पनि उपभोक्ताको आर्कषणमा रहेको उनले बताए । ‘नया मोडलहरुका बाईकले ५५÷६० को एभरेज माईलेज दिन्छ ।’–उनले भने । ईन्जिनलाई आवश्यक मात्रामा तेल वितरण गर्ने यो प्रविधिकै कारण समयसापेक्ष रहेको उनको दाबी छ ।

    यसअघिका मोडलहरु कार्बोरेटर प्रविधिको हुदा त्यसबाट माईलेज कम रहेकोमा नया प्रविधिको बाइक बजारमा आएको हो । अहिले बजाजका २,१८,९०० रुपैया देखि ६,४२,९०० रुपैयासम्मका विभिन्न भेरियन्टका १५ बढि बाईकहरु बजारमा उपलब्ध छन ।



    lumbinisanjal   
  • २०८३ बैशाख १३, आईतवार १४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP