• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछी डा. डिबी खत्री र डा. सतिस रुपाखेती प्रहरीको नियन्त्रणमा

    • lumbinisanjal
    • २०८३ बैशाख ९, बुधबार १२:०७
    962
    SHARES
    गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछी डा. डिबी खत्री र डा. सतिस रुपाखेती प्रहरीको नियन्त्रणमा

    बुटवल , ९ बैशाख । गर्भपतनका क्रममा पाल्पाकी २९ बर्षिय गिता पाण्डेको मृत्यु भएपछि उपचारमा संग्लन  तिन क्लिनिक संञ्चालक लाई पक्राउ र डा सतिस रुपाखेती र डा डिबी खत्रीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको डिएसपी निशान्त श्रेष्ठवास्तवले जानकारी दिए ।
    गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले बुटवलका विभिन्न स्वास्थ्य संस्थामा तालाबन्दी समेत गरेका छन् । उनिहरुले बुटवलस्थित खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका हुन् । दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा सडकसमेत अवरुद्ध गरेका थिए ।

    मृतक गीता पाण्डे करिब १२ हप्ताकी गर्भवती थिइन् । गर्भ अस्वस्थ भएको भन्दै उनी ५ वैशाखमा श्रीमान सहित बुटवलको इँटाभट्टी क्षेत्रमा रहेको खत्री नर्सिङ होम पुगेकी थिइन् । यसअघि २७ चैतमा पनि सोही स्वास्थ्य संस्थामा जाँच गराएकी थिइन् ।

    नर्सिङ होमका डा । डीबी खत्रीले गर्भ असामान्य रहेको बताउँदै ४ वैशाखमा पुनः बोलाएका थिए । त्यसपछि ५ वैशाखमा पुगेकी गीतालाई खत्री नर्सिङ होमले लोकेसन म्यापसहित जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो । त्यहाँबाट इन्दुलेखा क्लिनिक पुर्‍याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
    हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनापछि मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए ।
     
    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार जाहेरी दर्तापछि सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डे सोमबार नै पक्राउ गरिएको थियो भने डाक्टर डिबी खत्री र सतिस रुपाखेतीलाई मंगलवार साझ मात्रै अनुसन्धान अघि बढाइएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ९, बुधबार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP