• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    यी हुन् नेप्सेले वैशाख ७ देखि लागु हुने गरी ल्याएका नयाँ नियम

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार ११:४४
    754
    SHARES
    यी हुन् नेप्सेले वैशाख ७ देखि लागु हुने गरी ल्याएका नयाँ नियम

    काठमाडौं,७ बैशाख । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले यही वैशाख ७ गतेदेखि लागु हुने गरी नयाँ नियम ल्याएको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ वैशाख ७ गतेदेखि लागु हुने जानकारी दिएको हो ।

    जसअनुसार, नेप्सेले निर्धारण गरेको कारोबार समयअघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिन सक्नेछन् । त्यस्तो आदेश दिएमा सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

    यसरी आदेश प्रविष्टि गर्दा पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    त्यस्तै, निरन्तर कारोबार सत्रमा भने कायम भएको मूल्यको तीन प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्न सकिनेछ ।

    नेप्सेले निरन्तर कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचक दुई घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि सर्किट ब्रेक लाग्नेछ । त्यस्नै निरन्तर कारोबारमा कुनै पनि समयमा नेप्से परिसूचक आठ प्रतिशतले घटबढ भए सो दिनको कारोबार बन्द हुनेछ ।

    कुनै पनि संगठित संस्थाको मूल्य भने १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ । “कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा पन्ध्र प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन,” विनियमावलीमा भनिएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार ११:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP