• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जिल्ला अधिवेशन वैशाख १५ बाट सुरु गर्ने रास्वपाको निर्णय

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १९:११
    481
    SHARES
    जिल्ला अधिवेशन वैशाख १५ बाट सुरु गर्ने रास्वपाको निर्णय

    काठमाडौं , ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

    सोमबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।

    रास्वपाको वडा र पालिका अधिवेशन यही वैशाख २ गतेबाट पुनः सुरु भएको थियो। २०८० मंसिरबाट सुरु भएको वडा अधिवेशन फागुन २१ को प्रतिनिधि सभा निवाचनलाई लक्षित गरी गत माघ दोस्रो साताबाट रोकिएको थियो।

    चुनावका कारणले रोकिएको वडा र पालिका तहमा संगठन निर्माणको कार्य वैशाख २ गतेदेखि जारी छ। गठन निर्माण हुन नसकेका वडा र पालिकामा तदर्थ समिति गठन गर्न लागिएको छ।

    वैशाख महिनाभर वडा र पालिकामा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने उनको भनाइ छ। महामन्त्री बुर्लाकोटीका अनुसार अहिलेसम्म ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको छ।

    देशभरका ७५३ पालिकामध्ये २८९ पालिकामा र सात हजार ६४३ वडामध्ये चार हजार ४८७ वडामा संगठन निर्माण गर्न हुन सकेको छैन। वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका र जिल्ला, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने रास्वपाको तयारी छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP