• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दुई लाख घुससहित मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा पक्राउ

    • lumbinisanjal
    • २०८३ बैशाख ५, शनिबार ००:३३
    4.6K
    SHARES
    दुई लाख घुससहित मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा पक्राउ

    बुटवल ,५ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

    जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट नियन्त्रणमा लिएको हो।

    आयोगका अनुसार खाम्चाको साथबाट सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँ घुस रकमका साथै स्रोत नखुलेको थप ३ लाख ५० हजार रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ। खाम्चामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ बैशाख ५, शनिबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP