• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा भण्डारी, महासचिवमा महोत्रा

    • lumbinisanjal
    • २०८२ चैत्र २९, आईतवार १२:२५
    676
    SHARES
    होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा भण्डारी, महासचिवमा महोत्रा

    बुटवल, २९ चैत । होटल व्यवसायी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कास्कीको पोखरामा सम्पन्न महाधिवेशन तथा साधारणसभाले टी.आर.भण्डारी (शंकर)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    निर्वाचनपछि अध्यक्ष भण्डारीले आफूलाई विश्वासका साथ चयन गर्ने सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी, निर्वाचन मण्डल तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले महासंघलाई अझ सुदृढ, पारदर्शी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त र्गाुभयो ।

    त्यस्तै महासचिवमा निर्वाचित रुपन्देहीको भैरहवाका राजेश महोत्राले संस्थागत सुधार र पारदर्शीता, होटल व्यवसायीको हकका लागि कानूनी लडाई, पर्यटन प्रवद्र्धनमा नेतृत्व, व्यवसायीको हकहित रक्षा, संकट व्यवस्थापन प्रणाली, नेटवर्क व्यवस्थापन र सहकार्य, सदस्य केन्द्रीत सेवा, नीति सुधारका लागि पहल, तालिम र क्षमता विकासमा ध्यान दिने बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ चैत्र २९, आईतवार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP