• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    पार्किङ गरिएको टिप्परमा मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ चैत्र २४, मंगलवार ११:५३
    1.4K
    SHARES
    पार्किङ गरिएको टिप्परमा मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको ज्यान गयो

    बुटवल, २४ चैत । बुटवलमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी ४३ वर्षीय डण्डपाणि भुर्तेल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।

    गएराति करिब साढे १२ बजे बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित मुस्कानपथको भित्री सडकखण्डमा पार्किङ गरी राखिएको लु १ क ४८९३ नम्बरको टिप्परमा होराइजन चोकबाट देबसिद्ध चोकतर्फ जाँदै गरेको लु १८ प ११२३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका भुर्तेललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न टिप्पर चालक पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्साका ३२ वर्षीय दिनेश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै टिप्पर पनि प्रहरीले नियन्त्रणमा राखेको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २४, मंगलवार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP