• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसमा दलको नेता चयन पेचिलो: सहमति खोज्न निर्णायक बैठक

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार १४:०४
    663
    SHARES
    कांग्रेसमा दलको नेता चयन पेचिलो: सहमति खोज्न निर्णायक बैठक

    काठमाडौं,२२ चैत । नेपाली कांग्रेसले दलको नेता चयनबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको एक नेताले बताएका छन ।

    ‘बैठकमा संसदीय दलको आकांक्षीहरु साथीहरु पहिचान गर्दै सम्भव भएसम्म सर्वसहमति जुटाउने प्रयास हुनेछ,’ गगन थापा सचिवालयका नेता युवराज पाण्डेयले भने ।

    सांसद अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, मोहन आचार्य, भीष्मराज आङ्देम्बे, निश्कल राई दलको नेताका दाबेदारका रुपमा चर्चामा छन् ।

    जसमा केसी र आङ्देम्बे समानुपातिकतर्फबाट चुनिएका हुन भने अन्य प्रत्क्षय निर्वाचित सांसद हुन । आचार्य रसुवाबाट तेस्रोपटक निर्वाचित सांसद हुन ।

    २६ वर्षपछि इलाम–२ मा कांग्रेसको विरासत फर्काउने ३५ वर्षीय युवा नेता हुन । यस्तै, डोटीबाट निर्वाचित खड्का पञ्चायतदेखि नेतृत्व गर्दै ५ दशक लामो राजनीतिक अनुभव भएका नेता हुन ।

    यतिबेला संसदमा पुगेका ६ दलमध्ये कांगे्रसले मात्रै दलको नेता छनोट गर्न सकेको छैन ।

    अन्य पाँच दलले भने गत संसदीय दलको पहिलो बैठक बस्नु अगावै दलको नेता चयन गरिसकेका थिए ।

    प्रमुख पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाएको हो ।

    २५ सिटसहित संसदमा तेस्रो दल बनेको एमालेले रामबहादुर थापा बादललाई दलको नेता बनायो । उक्त निर्णयबारे एमालेभित्र यतिबेला चर्को बिरोधसँगै विशेष महाधिवेशन माग भइरहेको छ ।

    यस्तै, श्रम संस्कृति, नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष रहेका हर्क साम्पाङ राई र अध्यक्ष पुष्पकमल दाहाल नै दलको नेता बनेका छन् ।

    प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन नगर्दा संवैधानिक परिषद्मा समेत पुर्ण हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत रहने संवैधानिक प्रावधान छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार १४:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP