• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    “मेयर युवा इलम कार्यक्रम अन्तर्गत बुटवलमा बारिष्टा र ब्युटिसियन तालिम आरम्भ”

    • lumbinisanjal
    • २०८२ कार्तिक २४, सोमबार २२:२१
    2.8K
    SHARES
    “मेयर युवा इलम कार्यक्रम अन्तर्गत बुटवलमा बारिष्टा र ब्युटिसियन तालिम आरम्भ”

    युवालाई सीपमूलक र आत्मनिर्भर बनाउन मेयर युवा इलम कार्यक्रमअन्तर्गत पहल

    बुटवल, २४ कार्तिक। बुटवल उपमहानगरपालिकाको आयोजनामा मेयर युवा इलम कार्यक्रम अन्तर्गत ४५ दिने बारिष्टा तथा एडभान्स ब्युटिसियन तालिम सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तालिमको उद्घाटन नगर प्रमुख खेलराज पाण्डेयले एक विशेष समारोहका बीच गरे।

    कार्यक्रममा प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर युवाशक्ति तयार पार्ने उद्देश्यले उपमहानगरपालिकाले निरन्तर सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए। उनले सहभागी युवाहरुलाई तालिमको अवसरको अधिकतम उपयोग गर्दै सीपलाई पेसा र उद्यममा परिणत गर्न आग्रह गरे।

    “हामी तालिम मात्रै दिइरहेका छैनौँ, सिकाइ अनुसारको पेसा र व्यवसायमा लागिएको छ कि छैन भनेर अनुगमन पनि गर्छौं,” नगर प्रमुख पाण्डेयले स्पष्ट पारे।

    सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले सीप बिना आत्मनिर्भरता सम्भव नहुने बताउँदै नगरवासीलाई स्वरोजगार र आत्मनिर्भर बनाउन बुटवल उपमहानगरपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन्।

    बुटवल उपमहानगरपालिकाको रोजगार शाखाका प्रमुख अरविन्द पाण्डेका अनुसार बारिष्टा र ब्युटिसियन गरी करिब एक सय जना युवा–युवती सहभागी रहेका छन्। तालिमबाट युवा पुस्ता आत्मनिर्भर र उद्यमशील बन्ने अपेक्षा गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक २४, सोमबार २२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP