• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन- संसद्‍मा गृहमन्त्रीको जवाफ

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार १७:४३
    2.3K
    SHARES
    भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन- संसद्‍मा गृहमन्त्रीको जवाफ

    काठमाडौं,३० जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधबीच बोल्ने क्रममा उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको पनि बताएका छन् ।

    ‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, उनले भने, ‘उक्त प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन। यसमा म प्रष्ट छु ।’

    लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताएका छन् । लेखकले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा बिल्कुल गलत र अनुचित रहेको पनि जिकिर गरेका छन्।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार १७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP