• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

    • lumbinisanjal
    • २०८२ चैत्र २, सोमबार १०:४७
    715
    SHARES
    रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

    बुटवल ,२ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

    प्रहरी टोलीले आइतबार अन्दाजी ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।

    जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

    बरामद गरिएको सामानमा पीकअप सहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र २, सोमबार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP