• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    अमेरिका–ईजरायल–ईरान युद्ध रोक्न माग गर्दै बुटवलमा शान्तिपूर्ण प्रदर्शन

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार १३:४४
    3.8K
    SHARES
    अमेरिका–ईजरायल–ईरान युद्ध रोक्न माग गर्दै बुटवलमा शान्तिपूर्ण प्रदर्शन

    बुटवल ,३० फागुन । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अमेरिका, ईजरायल र ईरानबीच बढ्दो द्वन्द्व रोक्न माग गर्दै बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले ‘युद्ध निषेध, शान्ति विशेष अभियान’ अन्तर्गत पुष्पलाल पार्क मा प्रदर्शन गरेको हो।

    प्रदर्शनका क्रममा सहभागीहरूले “युद्ध मानवताको अपमान हो”, “युद्ध समस्याको समाधान होइन” र “वार्ताबाट समस्याको समाधान गर” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
    कार्यक्रममा बोल्ने वक्ताहरूले विश्वमा बढ्दै गएको युद्ध र तनावले मानवता तथा विश्व शान्तिमा गम्भीर असर पार्ने बताएका थिए। उनीहरूले समस्या समाधानका लागि युद्धको बाटो होइन, संवाद र कूटनीतिक पहल अपनाउनुपर्नेमा जोड दिएका थिए।

    समाजले अमेरिका, ईजरायल र ईरानबीचको तनाव तत्काल अन्त्य गरी शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न पनि आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार १३:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP