• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार २०:२६
    1.4K
    SHARES
    कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    काठमाडौँ , २८ माग  । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन् ।

    बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ । ढिलोमा २ गते सार्वजनिक गछौँ ।’

    निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो । कांग्रेसले यो पटक पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रूपमा ल्याउने बताएका छन् ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार २०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP