• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    • lumbinisanjal
    • २०८२ माघ २५, आईतवार ११:१३
    1.8K
    SHARES
    एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

    काठमाडौं,२५ माघ । नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।

    आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ७१० रुपैयाँ थियो ।



    lumbinisanjal   
  • २०८२ माघ २५, आईतवार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP