• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बेलायतमा नेपाली विद्यार्थीको निधन

    • lumbinisanjal
    • २०८२ माघ २०, मंगलवार ०७:२३
    1.9K
    SHARES
    बेलायतमा नेपाली विद्यार्थीको निधन

    लण्डन ,२० माघ । बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

    मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

    आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइटियूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए ।



    lumbinisanjal   
  • २०८२ माघ २०, मंगलवार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP