• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो तोलाको २ लाख ७६ हजार ५ सय

    • lumbinisanjal
    • २०८२ पुष २९, मंगलवार ११:२२
    1K
    SHARES
    सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो तोलाको २ लाख ७६ हजार ५ सय

    काठमाडौँ ,२९ पुस ।सुनको मूल्य हालसम्मकै उच्च भएको छ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

    तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय र त्यति नै चाँदीको मूल्य ५ हजार ३४० कायम भएको छ ।

    गत आइतबार प्रतितोला २ लाख ७० हजार ६ सयमा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १ सयले बढेर २ लाख ७४ हजार ७ सय कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो ५ हजार १९५ मा किनबेच भएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष २९, मंगलवार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP