• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ आज बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

    • lumbinisanjal
    • २०८२ मंसिर २४, बुधबार १४:२१
    2.3K
    SHARES
    सुनको भाउ आज बढ्यो, चाँदी अहिलेसम्मकै उच्च

    काठमाण्डौ ,२४ मंसिर । आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ एकैदिन एक सय ५० रुपैयाँले बढेको छ । आज चाँदी एक सय ५० रुपैयाँले बढेर तोलाको तीन हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय रुपैयाँ थियो । यसअघि गएको मंसिर १७ गते तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।



    lumbinisanjal   
  • २०८२ मंसिर २४, बुधबार १४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP