• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    सुर्खेतमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १२:२७
    1.6K
    SHARES
    सुर्खेतमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु

    सुर्खेतमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु
    प्रतिकात्मक तस्बिर ।

    सुर्खेत ,१४ कार्तिक । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

    गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब ८:१५ मिनेटको समयमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

    कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको बुढथापाले बताए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP