• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार २२:३०
    2.1K
    SHARES
    एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

    काठमाडौँ,१२ कार्तिक । बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिको पहिलो बैठकमा जेन–जीका प्रतिनिधिले सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्।

    भदौ २३ गतेको जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएकामध्येका एक खेमराज साउदले नेकपा एमालेबाहेक सबै दलका प्रतिनिधिले चुनावमा सहभागी हुने तर सरकारले वातावरण बनाउनुपर्ने बताएका जानकारी दिए।

    ‘जेन–जी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै लानुपर्छ भन्नेमा अरु पार्टीले पनि सहयोग गर्ने भनेका छन्, त्यसमा एमालेकोचाहिँ फरक धारणा आएको थियो,’ उनले भने, ‘संसद् पुनःस्थापना गर्नुपर्छ भन्ने खालको कुरा आएको थियो र हामीले त्यो हुनु हुँदैन भन्यौं।’

    छलफलमा सहभागी सबैलाई आफूहरूले देशको परिस्थिति फरक अवस्थामा रहेको भन्दै उनले चुनाव गरेर नयाँ सरकार गठनका लागि एक हुन आग्रह गरिएको पनि बताए।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार २२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP