• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य प्रतिदिन घट्दै ( हेर्नुहोस कति पुग्यो )

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार ११:०८
    30.8K
    SHARES
    सुनको मूल्य प्रतिदिन घट्दै ( हेर्नुहोस कति पुग्यो )

    काठमाडौं ,१० कात्तिक । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।

    अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

    चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार ११:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP