• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    फजुल खर्च कटौती गरेर अजय घिमिरेले अनाथ बालबालिकासँग मनाए जन्मदिन

    • lumbinisanjal
    • २०८२ आश्विन ११, शनिबार १०:२२
    2.4K
    SHARES
    फजुल खर्च कटौती गरेर अजय घिमिरेले अनाथ बालबालिकासँग मनाए जन्मदिन

    सरोज भुसाल/ बुटवल,११ असोज । अर्घाखाँचीको भुमिकास्थान–९ ढिकुरा निवासी तथा हाल बुटवल मिलनचोकमा ‘अजय फोटो स्टुडियो’ सञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी अजय घिमिरेले आफ्नो शुभ जन्मदिन फजुल खर्च कटौती गरी नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरूका साथ मनाउनुभएको छ ।

    घिमिरेले तिलोत्तमा–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा रहेका २२ जना अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै भोजन गराएर आफ्नो जन्मदिनलाई अविस्मरणीय बनाउनुभएको हो । विगतका वर्षहरूमा पनि मानव सेवा आश्रम लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग र सेवा गर्दै आउनुभएका घिमिरेले यसपालिको जन्मदिन पनि सामाजिक कार्यमै समर्पित गर्नुभएको छ।

    जन्मदिन मनाउने शैलीबारे आफ्नो विचार व्यक्त गर्दै घिमिरेले भन्नुभयो, “जन्मदिनमा होटलमा तडकभडक तथा फजुल खर्च गर्नुभन्दा यसरी अनाथ असहायलाई सहयोग गर्दै उनीहरूसँगै बसेर मनाउँदा आनन्द मिल्छ।” उहाँले थप्नुभयो, “म जस्ता युवाले युवा पिढीको साँेचमा परिवर्तन आउन जरुरी छ ।” घिमिरेको यस कार्यको प्रशंसा गर्दै आश्रमका व्यवस्थापक कृष्ण ज्ञवालीले जन्मदिनको शुभकामना दिनुभयो र घिमिरेको यो कार्यले अरूलाई पनि हौसला प्रदान गरेको बताउनुभयो ।

    अजय घिमिरेले जन्मदिनलाई सामाजिक सेवाको माध्यम बनाउने सन्देश दिएका छन्। उहाँको यो कार्यले समाजमा सकारात्मक परिवर्तनको लहर ल्याउन युवाहरूको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई उजागर गरेको छ। घिमिरेले आगामी दिनमा पनि आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



    lumbinisanjal   
  • २०८२ आश्विन ११, शनिबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP