• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

    • lumbinisanjal
    • २०८२ आश्विन ५, आईतवार ११:५३
    3K
    SHARES
    सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

    काठमाडौं,०५ असोज । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस



    lumbinisanjal   
  • २०८२ आश्विन ५, आईतवार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP