• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा शान्ति–सुरक्षा सुदृढ गर्न माग, क्षेत्रीय सभापति गिरीको नेतृत्वमा ज्ञापनपत्र

    • lumbinisanjal
    • २०८२ भाद्र ३०, सोमबार १२:५४
    6.8K
    SHARES
    रुपन्देहीमा शान्ति–सुरक्षा सुदृढ गर्न माग, क्षेत्रीय सभापति गिरीको नेतृत्वमा ज्ञापनपत्र

    बुटवल ,३० भदौ । हालै Gen Z समूहद्वारा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनमा अराजक तत्वको घुसपैठले हिंसात्मक रुप लिएपछि ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नं–२ रुपन्देहीले शान्ति–सुरक्षा सुदृढ पार्न माग गर्दै इलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाइएको छ।

    २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा दर्जनौं नागरिकको मृत्यु हुनुका साथै धेरै घाइते भएको घटनाप्रति संवेदना व्यक्त गर्दै कांग्रेस क्षेत्र नं–२ ले प्रशासन र सुरक्षा संस्थाको सक्रियता बढाउन माग गरेको हो ।

    ज्ञापनपत्रमा आन्दोलनकै नाममा राष्ट्रिय, सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी, चोरी र लुटपाटका घटना बढेको उल्लेख गर्दै आम नागरिक, व्यवसायी, विद्यार्थी, मजदुर, महिला र सर्वसाधारण मानसिक दबाबमा रहेको जनाइएको छ।

    ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस क्षेत्र नं–२ रुपन्देहीका क्षेत्रीय सभापति प्रजापाल गिरीले भने, “राजनीतिक संक्रमणको संवेदनशील समयमा अराजक समूहबाट समाजमा क्षति पुर्याउने सम्भावना अझै टरिसकेको छैन।

    नागरिकको शान्तिपूर्ण जीवन बिताउने संवैधानिक अधिकारको प्रत्याभूति गर्न प्रशासनले शान्ति–सुरक्षा मजबुत र सक्रिय बनाउनै पर्छ।”

    सो क्रममा सहसचिव मिलन थापा, कोषाध्यक्ष हिमाल गैरे, सदस्य अनिता केसी, बुटवल उपमहानगर उपसभापति ज्योति भण्डारी, सचिव गंगा पन्थी लगायतका नेताहरुको उपस्थित थियो ।

    इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याललाई ज्ञापनपत्रहस्तान्तरण गरिएको थियो ।

    ज्ञापनपत्र : 



    lumbinisanjal   
  • २०८२ भाद्र ३०, सोमबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP