• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभा बैठक बस्दै

    • lumbinisanjal
    • २०८१ माघ २९, मंगलवार ०५:५५
    2.6K
    SHARES
    प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ , २९ माघ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।



    lumbinisanjal   
  • २०८१ माघ २९, मंगलवार ०५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP