• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    तीजको दर खाने दिन आज

    • lumbinisanjal
    • २०८२ भाद्र ९, सोमबार ०७:४०
    2.5K
    SHARES
    तीजको दर खाने दिन आज

    बुटवल,९ भदौ । हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज सोमबार दर खाने दिनसँगै सुरु भएको छ। दर खाने दिनलाई तीज पर्वको पहिलो चरण मानिन्छ, जसअन्तर्गत महिलाहरूले भोलिपल्टको निराहार व्रतका लागि विशेष परिकारसहित दर खाने गर्छन्।

    विवाहित महिलाले पतिको दीर्घायुको कामना र अविवाहितले सुयोग्य पतिको प्राप्तिको लागि निराहार व्रत बस्ने चलन छ। त्यसअघि अघिल्लो रात पौष्टिक खानेकुरा—खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी आदि—खाई ‘दर खाने’ परम्परा रहेको छ। स्थानअनुसार दर खाने परिकार फरक भए पनि परम्परागत स्वादमा आधुनिकता मिसिँदै गएको देखिन्छ।

    पहाडी मूलका सनातन हिन्दू महिलाको प्रमुख पर्व तीज अहिले अन्य समुदायका महिलामाझ पनि लोकप्रिय बन्दै गएको छ। राजधानीसहित विभिन्न ठाउँमा पहिलेको जस्तो केवल तीजको अघिल्लो दिन मात्र होइन, एक महिना अघिदेखि नै दर खाने चलन बढेको छ।

    परम्पराअनुसार देवी पार्वतीले शिवलाई स्वामी पाउन कठोर व्रत बसेको विश्वास रहेको छ। सोही विश्वासका आधारमा विवाहित महिलाले श्रीमान्को सुस्वास्थ्य र प्रगतिको कामना गर्दै, अविवाहितले सुयोग्य जीवनसाथी पाउन तीजमा व्रत बस्ने गर्छन्।

     



    lumbinisanjal   
  • २०८२ भाद्र ९, सोमबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP