• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रोट्रयाक्ट क्लब अफ तिलोत्तमाको अध्यक्षमा सृजना गिरी चयन

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार १५:५०
    2.7K
    SHARES
    रोट्रयाक्ट क्लब अफ तिलोत्तमाको अध्यक्षमा सृजना गिरी चयन

    बुटवल, ३० असार। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा, रुपन्देहीको अध्यक्षमा सिर्जना गिरी चयन हुनुभएको छ। आइतबार साँझ क्लबको चार्टर्ड नाइट तथा कार्यकाल हस्तान्तरण (इन्स्टलेशन) कार्यक्रमका क्रममा गिरीले पूर्वअध्यक्ष सिए मोहन खत्रीबाट पदभार ग्रहण गर्नुभएको हो।

    नयाँ अध्यक्ष गिरीले नेतृत्व सम्हाल्ने क्रममा क्लबको आगामी कार्ययोजना सार्वजनिक गर्दै सामाजिक उत्तरदायित्वमा केन्द्रित भएर युवा सशक्तीकरण, स्वास्थ्य, शिक्षा र नेतृत्व विकासमा विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

    क्लबको नवगठित कार्यसमितिमा धनुमाया रायमाझी सचिव र दिपेश ज्ञवाली कोषाध्यक्ष चयन हुनु भएको छ। यस्तै, तत्कालीन अध्यक्ष (आईपीपी) तथा टीआरएफ अफिसरमा सिए मोहन खत्री निरन्तर रहने भएका छन्।

    अन्य पदाधिकारीमा:

    • क्लब एडमिन चियर: श्रीधर केसी
    • प्रोफेसनल चियर: सुवास सापकोटा
    • युथ सर्भिस चियर: नारायण भण्डारी
    • सहसचिव (हेल्थ कमिटी): पूजा गौतम
    • सह–कोषाध्यक्ष (मिडिया कोअर्डिनेटर): सुमन श्रीस
    • कम्युनिटी सर्भिस: दीपक डुम्रे
    • मेम्बरशिप: विजय ढकाल
    • इन्टरनेशनल सर्भिस: शालिकराम आत्रेय
    • क्लब इमेज: अच्युत पौडेल
    • स्पोर्ट्स चियर: रविना प्रधान
    • आईटी अफिसर: माधव आचार्य

    कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टेटिभ (DRR) दिनेश गैरेले नयाँ कार्यसमितिलाई बधाई दिँदै क्लबलाई सामाजिक गतिविधिमा अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै, इन्टरयाक्ट DRR सुशान्त अधिकारी, पूर्व DRR विक्रम क्षेत्री, क्लब संस्थापक अध्यक्ष मोहन न्यौपाने, रोटरी क्लब अफ बुटवल साउथका तत्कालीन अध्यक्ष इञ्जिनियर दुजेन्द्र बस्नेत, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख गोपाल चापागाईं, जोन रिप्रिजेन्टेटिभ (ZR) सरोज पोखरेललगायतले शुभकामना व्यक्त गर्दै नव–कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए।



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP