• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    एएफसी महिला कप : नेपाल आज उज्वेकिस्तानसँग निर्णायक भिडन्तमा

    • lumbinisanjal
    • २०८२ असार २१, शनिबार १०:५५
    2.7K
    SHARES
    एएफसी महिला कप : नेपाल आज उज्वेकिस्तानसँग निर्णायक भिडन्तमा

    काठमाडौं ,२१ असार । एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार राति ९:१५ बजे खेल सुरु हुनेछ।

    समूह ‘एफ’ मा दुबै टोली समान ६ अंकसहित शीर्ष स्थानमा छन् र दुबै टोलीले हालसम्म गोल खाएका छैनन्। फिफा वरियतामा उज्वेकिस्तान ५१ औं र नेपाल १०० औं स्थानमा छन्।

    अघिल्ला तीनै खेलमा उज्वेकिस्तान विजयी भए पनि नेपाली टोलीका लागि यो खेल इतिहास उल्ट्याउने अवसर बनेको छ। समूह विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछ।



    lumbinisanjal   
  • २०८२ असार २१, शनिबार १०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP