• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित

    • lumbinisanjal
    • २०८२ असार १७, मंगलवार ०९:१८
    1.5K
    SHARES
    खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित

    बुटवल, १७ असार । पश्चिम नेपालको अग्रणी शहर बुटवलबाट खेलपत्रकारिता संगै बुटवल टुडे डटकमको सहसम्पादक स्वस्तिक श्रेष्ठ खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।

    नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (लुम्बिनी प्रदेश) बाट श्रेष्ठलाई छनौट गरी पुरस्कृत गरेको हो । पुरस्कारको राशी नगद रु २५ हजार र सम्मानपत्र रहेको छ ।

    युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सोमबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव हरिप्रसाद लम्सालले सहसम्पादक श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन् ।

    श्रेष्ठ साढे दुई दशकदेखि बुटवललाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल छन् भने तीन वर्षदेखि बुटवल टुडे डटकममा कार्यरत छन् ।

    कार्यक्रममा ६ जना खेलाडी, प्रशिक्षक, निर्णायका र चिकित्सक तथा १० जना खेल पत्रकार पनि सम्मानित भएका छन् । खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मानपत्रसहित जनही एक लाख रुपियाँ प्रदान गरियो ।

     

    सम्मानित हुने खेलाडीमा पारा तेक्वान्दोका भरतसिंह महता, तेक्वान्दोका प्रेमबहादुर लिम्बू, तेक्वान्दोकै वीरबहादुर महरा, कबड्डीका अनुजा कुलुङ राई र मानमती विष्ट तथा फुटबलतर्फ दिपा शाही छन् ।

    यस्तै तेक्वान्दो प्रशिक्षक कविराज नेगी, बक्सिङ निर्णायक धनकुमार मैनाली र चिकित्सक राजु डंगोल महर्जनलाई पनि सम्मान गरिएको छ ।

    सम्मानित अन्य पत्रकारहरूमा मुकुन्द घिमिरे (कोशी), शरद चन्द्र भट्टराई (मधेश), विक्रम कुमार बानियाँ (बागमती), दिनानाथ बराल (गण्डकी), दिनेश कुमार बुढा (कर्णाली), दिनेशबहादुर विष्ट (सुदूरपश्चिम), नमिता दाहाल (समावेशी महिला) र रुपा गहतराज (समावेशी) छन् ।

    उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति–२०८२ पनि सार्वजनिक गरेको थियो ।

     



    lumbinisanjal   
  • २०८२ असार १७, मंगलवार ०९:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP