• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जन्मदिनको अवसरमा जापानमा रहेका ध्रुव कंडेलबाट मानव सेवा आश्रमलाई सामग्री सहयोग

    • lumbinisanjal
    • २०८२ असार १२, बिहीबार १५:५६
    4K
    SHARES
    जन्मदिनको अवसरमा जापानमा रहेका ध्रुव कंडेलबाट मानव सेवा आश्रमलाई सामग्री सहयोग

    बुटवल ,१२ असार । रोजगारीको सिलसिलामा जापानमा रहेका रुपन्देही शुद्धोधन गाउँपालिका निवासी २६ वर्षीय ध्रुव कंडेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै नेपालस्थित मानव सेवा आश्रमलाई करिब २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका छन्।

    सानै उमेरदेखि सहयोगी भावना बोकेर अघि बढ्दै आएका कंडेल सामाजिक सेवाप्रति प्रेरित छन्। उनी नेपाली समाजसेवी सुशान्त आचार्यबाट प्रभावित भएको बताउँछन्। सुशान्तले गरेका सेवामूलक कामले आफूलाई गहिरो प्रभाव पारेको र त्यही बाटोमा हिँड्न प्रेरणा मिलेको उनी बताउँछन्।

    ध्रुवले जन्मदिनमा हुने फजुल खर्चलाई रोक्दै त्यसबाट संकलित रकम दुखी, असाहाय र बेसहारा व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भन्ने सोच राख्छन्।

    “जन्मदिन रमाइलोभन्दा पनि अर्थपूर्ण बनाउन सकिन्छ, यदि हामी सबैले सहयोगी सोच अपनायौं भने समाजमा कुनै पनि व्यक्ति अनाथ वा असहाय बन्नुपर्ने अवस्था आउँदैन,” उनले बताए।

    उनको यस्तो सकारात्मक कदमप्रति मानव सेवा आश्रमले विशेष आभार व्यक्त गरेको छ। उनीजस्तै सोच भएका युवाहरू बढ्न सके, समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास आश्रमले व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८२ असार १२, बिहीबार १५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP