• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपाका सांसद संसद् बैठकबाट बाहिरिए

    • lumbinisanjal
    • २०८२ असार ८, आईतवार १४:१७
    4.2K
    SHARES
    गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपाका सांसद संसद् बैठकबाट बाहिरिए

    काठमाडौं ,०८ असार । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्। संसद् बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध जनाएपछि उनीहरु सदनबाट बाहिरिएका हुन्।

    रास्वपाका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै र प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राख्दै आएका छन्। पार्टीका अनुसार सरकारले गम्भीरता नदेखाएसम्म आन्दोलन जारी रहनेछ।

    रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ। यसबीचका बैठकहरूमा समेत पार्टीले निरन्तर विरोध जनाउँदै आएको हो।

    यस घटनापछि संसद्को वातावरण फेरि तनावपूर्ण बनेको छ भने विपक्षी दलहरूमध्ये रास्वपाले सरकारमाथि दबाव कायम राख्ने रणनीति लिएको स्पष्ट देखिएको छ।



    lumbinisanjal   
  • २०८२ असार ८, आईतवार १४:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP