• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाको महामन्त्रीमा बुर्लाकोटी

    • lumbinisanjal
    • २०८२ असार ७, शनिबार ०९:३८
    3.2K
    SHARES
    रास्वपाको महामन्त्रीमा बुर्लाकोटी

    काठमाडौं ,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले पाएका छन् । कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाइएको हो ।

    आज बसेको केन्द्रीय समिति बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । “पार्टीको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र वुर्लाकोटीलाई कार्यवाहक हटाएर महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ,” रास्वपाले भनेको छ । बैठकका निर्णय ११ बजे सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए ।

    निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले यस्तो निर्णय गरेको हो । ढकालले आफूलाई गरेको कारबाहीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा आयोगले २०८० चैतयता रास्वपाको जिम्मेवारी हेरफेर भएको जानकारी आयोगलाई नभएको भन्दै मुकुल महामन्त्री रहेको रेकर्डसहित पत्र पठाएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ७, शनिबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP