• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा खुल्यो नेपालकै पहिलो फ्रेन्च फ्राइज उद्योग

    • lumbinisanjal
    • २०८२ असार ६, शुक्रबार १३:१२
    5K
    SHARES
    रुपन्देहीमा खुल्यो नेपालकै पहिलो फ्रेन्च फ्राइज उद्योग

    बुटवल ,०६ असार । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएको छ ।

    फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा पहिलो पटक उद्योग स्थापना गरी उत्पादन तथा बजारीकरण गर्न थालेको छ ।

    गुल्मीको मदाने गाउँपालिका–६ मा जन्म भई बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा उद्योग सञ्चालन गर्नुभएको हो ।

    काठमाण्डौमा भएको कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगले उत्पादन गरेको फर्स्ट च्वाइस फुड सार्वजनिक गर्नुभयो ।

    ५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकार उत्पादन गर्दै आएको छ । कम्पनीबाट ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’ बजारमा आएको छ ।

    उद्यमी पाैडेलले आलु उत्पादक १० हजार किसान उद्योगसँग जोडिएका जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।

    अर्थमन्त्री पौडेलले आलुको आयातलाई घटाउने र देशभित्रै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने उहाँको प्रतिबद्धता छ ।

    पछिल्लो समय भारतमा समेत उद्योगले आफ्नो उत्पादन निर्यात गरेको उद्योगका सञ्चालक तथा अध्यक्ष पौडेलले बताउनुभयो । आउँदा दिनमा यूएई, मलेशिया, साउदी अरेबियालगायतका तेस्रो देशमा निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

     



    lumbinisanjal   
  • २०८२ असार ६, शुक्रबार १३:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP