• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा महिला सशक्तीकरण तथा चेतनामूलक कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ १६, शुक्रबार १९:४०
    2.4K
    SHARES
    धुर्कोटमा महिला सशक्तीकरण तथा चेतनामूलक कार्यक्रम सम्पन्न

    गुल्मी ,१६ जेठ । “महिला अधिकारको सम्मान: आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ धुर्कोट गाउँपालिकाले ७ औं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा महिला सशक्तीकरण तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

    धुर्कोट गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष सीता गिरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनाल, महिला जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू, कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थी, साथै विभिन्न वडाका महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रम महिला तथा बालबालिका इकाइको सहकार्यमा आयोजना गरिएको हो भने सञ्चालन प्रमुख सुजता गिरीले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष भुपाल पोखरेलले महिलाहरूलाई सबै क्षेत्रका अवसरहरूमा समान पहुँच दिलाउन आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बताउनुभयो।

    यस्तै  उपाध्यक्ष सीता गिरीले महिलाको हक, अधिकार र आत्मनिर्भरता सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै यस्ता कार्यक्रमले महिलाहरूमा चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

    अस्पतालकी स्टाफ नर्स जया बोगटीले महिलामा लाग्ने प्रमुख रोगहरूबारे जानकारीमूलक प्रस्तुतिका साथ सचेतना बारे जानकारी दिनु भएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १६, शुक्रबार १९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP