• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    एकै परिवारका सात जना कारभित्र मृत भेटिए

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार १४:२६
    4K
    SHARES
    एकै परिवारका सात जना कारभित्र मृत भेटिए

    काठमाडौँ,१३ जेठ । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्।

    पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’।

    समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए।

    मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस अस्पतालमा छ जनालाई ल्याइएको जानकारी प्राप्त भयो। हामी त्यहाँ पुग्दा, हामीले उनीहरूको मृत्यु भइसकेको पायौं र सिभिल अस्पतालको सेक्टर ६ मा लगिएको एक जनाको पनि मृत्यु भयो।”

    उनले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र फोरेन्सिक प्रमाणहरू सङ्कलन भैरहेको बताए। । घटनाको गहन अनुसन्धान गरिनेछ उनले बताएका छन्। बीबीसी



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार १४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP