• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    खाना बनाउँदा ग्यासले जलेर कपिलबस्तुमा दाजु बहिनीको मृत्यु

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १०:३६
    4.2K
    SHARES
    खाना बनाउँदा ग्यासले जलेर कपिलबस्तुमा दाजु बहिनीको मृत्यु

    नारद कोहार/कपिलवस्तु, १२ जेठ । कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ ।
    प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उहाँका दाई २५ वर्षीय शिव कुमार यादव जलेर गम्भीर घाइते भएको बताउनुभयो ।

    घर नजिकै गोठमा रहेको आगो ग्यास लिक भई आगलागी भएको थियो । जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो ।
    सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो । दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP