• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    विश्व पौडेलविरुद्धको सुनवाइ सकियो, केही बेरमा आदेश आउँदै

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:५६
    1.9K
    SHARES
    विश्व पौडेलविरुद्धको सुनवाइ सकियो, केही बेरमा आदेश आउँदै

    काठमाडौं ,६ जेठ । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपिठ गर्ने विरुद्धको निवेदनमाथि सुनवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल विरुद्धको सुनुवाइ सकिएको हो ।

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपिठ गरिदिएको थियो ।

    उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP