• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाका सांसद मनिष झाले मागे सीता जयन्तीमा सार्वजनिक बिदा

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १६:४४
    2.4K
    SHARES
    रास्वपाका सांसद मनिष झाले मागे सीता जयन्तीमा सार्वजनिक बिदा

    काठमाडौं,२३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन् ।सांसद झा का अनुसार जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक नंदिनी यो सबै एकै जनाको नाम हो जानकीको । नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो, जनकीको जन्मभूमि हो भन्ने ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

    ‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौं’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौं तर, आफ्नै भूमिमा जन्मिएका जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहीँ हामी बिदा दिँदैनौं ।’

    विगत दश वर्षको दौरानमा दुई वर्ष जानकी जयन्तीमा सार्वजनिक बिदा दिएको पाइएको तर, पछिल्ला वर्षमा हटाइएको उनले बताए । कुनै दिन छिमेकीले जानकी पनि आफ्नै देशमा जन्मिएको भन्न सक्ने उनले बताए । यसकारण पनि नेपालले जानकी जयन्तीमा सार्वजनिक बिदा दिएर नेपालले यसलाई ख्याल गरिराख्नुपर्ने उनको आग्रह छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP