• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गण्डकी कोटिहोमको जताततै चर्चा

    • lumbinisanjal
    • २०८२ बैशाख ८, सोमबार २१:५९
    2.3K
    SHARES
    गण्डकी कोटिहोमको जताततै चर्चा

    पाेखरा, ८ बैशाख  । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश सदस्य विन्दु पौडेलले बताएकी छन् ।

    सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् । उनले कोटिहोमको नेपालमा मात्र होइन विश्वभरनै छुट्टै चर्चा भएको बताएकी हुन । उनले संकल्पकर्ता बिजय कृष्णमुर्ती जी महाराजलाई धन्यवाद समेत दिइन ।

    कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन–“नेपालमा कसैले आटन नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ । यो अत्यन्तै गर्वको कुरा हो । यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउछ नै यसको साथै पोखराका गरिमा पनि थप बलियो हुने छ ।

    कोटिहोमका संकल्पकर्ता बिजय कृष्णमुर्ती जी महाराजले मानव सेवा गर्ने उद्देश्यले आयोजना गरिएको कोटेहोम ज्ञान महायज्ञमा सबै भक्तजनमा उपस्तिथिका लागि सादर अनुरोध गरेका छन् उनले पवित्र कार्यमा आफ्नो इच्छा अनुसारको इच्छा कटौती गरी पुण्य कमाउनुहुन सवैमा अनुरोध गरेका हुन ।



    lumbinisanjal   
  • २०८२ बैशाख ८, सोमबार २१:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP