• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    माओवादी जागरण अभियान: भैरहवाका चोकचोकमा मर्निङ वाकमा व्यस्त प्रचण्ड

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार ०९:१७
    2.7K
    SHARES
    माओवादी जागरण अभियान: भैरहवाका चोकचोकमा मर्निङ वाकमा व्यस्त प्रचण्ड

    बुटवल , ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूपन्देही पुगेका छन् । पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड रूपन्देही पुगेका हुन् ।

    बुधबार नवलपरासी हुँदै रूपन्देहीको भैरहवा पुगेका दाहाल आज बिहानै कार्यकर्ताका साथ ‘मर्निङ वाक’मा निस्केका छन् । प्रचण्ड आज रूपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

    यसपटकको जागरण अभियानमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत सहभागी छन् । नयाँ वर्षको अवसर पारेर माओवादीको तराई–मधेश जागरण अभियान वैशाख १ गते नवलपुरको गैँडाकोटबाट पुनः सुरु गरेको हो ।

    यसअघि फागुन १२ गते झापाबाट सुरु भएको अभियान काठमाडौँमा राजावादीको गतिविधि बढेको भन्दै फागुन २४ गते रौतहट पुगेर स्थगित गरेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP