• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मौसम : वर्षाको सम्भावना छैन, तापक्रम बढ्दै जाने

    • lumbinisanjal
    • २०८१ चैत्र २०, बुधबार ०२:४०
    1.8K
    SHARES
    मौसम : वर्षाको सम्भावना छैन, तापक्रम बढ्दै जाने

    काठमाडौं,२० चैत  । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
    देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धी हुँदै जाने सम्भावना रहेको महाशाखाद्वारा बुधबार बिहान जनारी बुलेटिनमा उल्लेख छ ।

    त्यस्तै, महाशाखाले वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगोलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना रहेकाले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २०, बुधबार ०२:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP